काठमाडौं :
साउथ सुपरस्टार थलापति विजयले एउटा फिल्मको पारिश्रमिक २७५ करोड भारु लिएका छन्। उनले ‘थलापति ६९’नामक फिल्ममा शो पारिश्रमिक लिएका हुन्। यस फिल्मको शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
‘थलापति ६९’ शीर्षक राखिएको फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार यो फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज हुनेछ। तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक लामो करिअरलाई विट मार्ने तयारीमा छन्। अन्तिम फिल्म भएकै कारण उनले आफ्नो पारश्रमिक २७५ करोड भारु पारिश्रमिक बुझेको भारतिय सञ्चारमाध्यमले जनाइएका छन्।
एच.विनोथले निर्देशन गर्ने यो फिल्ममा अभिनेत्रीको नाम पस्जा हेगडेको नाममा चर्चामा छ। तर टुङ्गो लागेको छैन। निर्देशक एचले यसअघि ‘थुनिभु’, ‘भलिमई’, ‘नरकोन्डा पारवाई’ लगायतका फिल्म निर्देशन गरेका थिए।
यो फिल्म रिलिजपछि विजयले अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीति सुरु गर्दैछन्। तमिझागा वेत्री कझगम (तमिलनाडु विजय पार्टी) नामको पार्टीबाट उनी आगामी अर्थात सन् २०२६ को ‘विधान सभा’मा चुनाव लड्दैछन्।
विजयको अन्तिम दोस्रो फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ यतिबेला प्रदर्शन भइरहेको छ। यो फिल्मले ९ दिनमा विश्वभर ३५० करोडमाथिको कमाई गरिसकेको छ भने तमिल भर्सनको कमाई मात्र १५६ करोड पुगेको भारतिय सञ्चारमाध्यमको भनाई छ।