सुचना, समाचार र मनोरन्जन

यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं :

गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनि निधन र त्यसले भर्खर मात्रै गम्भिर बिरामीबाट निको भएकी प्रेमीकामाथी परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ। सार्वजनिक भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ ।

Chaka Panja

गीतको भिडियोमा लिम्बु संस्कृति र पालमलाई पनि सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतको भिडियोमा गायक यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन्। हरि हुँमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ। यो १५ मिनेट लामो म्युजिक सिनेमामा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ।

सार्वजनिक गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन तथा कलर गरेका हुन् । यसअधिको सुपहिट गीत ‘तिमी छौ र त’को दोस्रो पार्टको रुपमा यश कुमारले ुआँखा बन्द गरेरे सार्वजनिक गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.