सुचना, समाचार र मनोरन्जन

लक्ष्मण सुनारको ‘कल्ली’मा भित्रिए कमल,अर्पण र बुद्धि

काठमाडौं  :

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन्। निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध गरिएको घोषणा गरेका छन्। फिल्ममा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन।

Pach Pandav

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ। लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ। फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्। यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ। फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन्।

फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए। तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.