सुचना, समाचार र मनोरन्जन
Sarangi

मनशान्त घिमिरे ई-बर्ड नेपालको राष्ट्रिय संयोजकमा सर्वसम्मत चयन

पहिलो नेपाली नागरिकको रुपमा गौरवमय उपलब्धि

  • पोखरा/

पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई विश्वभरका पंछीहरूको तथ्याङ्कको पहिचान, सुरक्षित भण्डारण, सार्वजनिकरण, वितरण तथा सांख्यिकीय विवरणहरूको अध्यावधिकमा आधारित अन्तर्राष्ट्रिय प्लेटफर्म संस्था ई-बर्ड (eBird) नेपालको लागि राष्ट्रिय संयोजकमा सर्वसम्मत चयन गरिएको छ।

यो ऐतिहासिक अवसरमा पहिलो पटक कुनै नेपाली नागरिकले ई-बर्डको नेपालको राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्न पाउने भएका छन्, जसले गर्दा सम्पूर्ण पंछी संरक्षण समुदाय र नेपाललाई गर्व गर्ने अवसर प्राप्त भएको छ। मनशान्त घिमिरेले यस संस्थाको माध्यमबाट नेपालको पंछीहरूको तथ्याङ्कलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत पुर्‍याउनेछन्।

ई-बर्ड जस्ता अन्तर्राष्ट्रिय संस्थामा नेपालको नेतृत्वको यो योगदानले देशको जैविक विविधता संरक्षण र पंछीहरूको दीर्घकालीन सुरक्षाका लागि महत्वपूर्ण कदम सावित हुने विश्वास लिइएको छ।

मनशान्त घिमिरेलाई राष्ट्रिय संयोजक चयन भएकोमा पोखरा पंछी समाज, संरक्षणकर्मीहरू र सम्पूर्ण नेपाल पंछी प्रेमी समुदायले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.