काठमाडौं :
फिल्म ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’ले थप चर्चामा आएकी स्वस्तिमा खड्काको डिमाण्ड ठुलो छ। उनले यो फिल्मपछि ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्रलाई दर्शकले अत्यधिक मन पराएका थिए। उनको अब्बल अभिनयलाई दर्शकले मन पराएपछि उनको फिल्ममा डिमाण्ड बढेको हो।
फरक फरक भुमिकामा आफुलाई प्रस्तुत गर्न सक्ने क्षमतावान अभिनेत्री स्वस्तिमाले पहिलो निर्माण रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’हो। जुन फिल्म यही दसैंको घटस्थापना अर्थात असोज १७ गतेदेखि प्रदर्शनमा आउँदैछ। उनी यो फिल्मलाई लिएर निकै उत्साहित रहेकी छन्। फिल्म प्रमोसनमा त्यति चासो राखेको नदेखिएपनि यो फिल्ममा समावेश गीतले फिल्मको प्रचार गरिरहेको छ।
यो फिल्ममा सुरुमा जोडिनुको रहस्य रहेको खुलाएकी छन्। उनका अनुसार सुरुमा उनलाई निर्देशकद्वय सजन बराल र आकाश काफ्लेले अभिनयका लागि मात्र कुरा राखेका थिए । अभिनयका लागि मात्र स्क्रिप्ट पढेपछि फिल्मको कथा मन उनलाई पर्यो। अनि निर्माणमा पनि जोडिएको उनको भनाई छ। फिल्मको कथा मन परेपछि उनले आफ्ना श्रीमान् तथा निर्देशक निश्चल बस्नेतलाई पनि निर्मातामा जोडेको उनको भनाई छ।
नारीप्रधान फिल्म ‘बेहुली फ्रम मेघौली’मा उनको अरु भन्दा फरक फिल्म हो। नारीप्रधान फिल्म भन्ने बितिक्कै मुख्य पात्रलाई दुखी रोधानधोनामा बढि केन्द्रित गरिन्छ। तर यसमा फरकपन रहेको अभिनेत्री खड्काको भनाई छ। हालै पत्रकारसँगको कुराकानीमा अभिनेत्री खड्काले फिल्मको बारेमा प्रष्ट पार्दै भनेकी छन्,‘‘यो फिल्म नारीप्रधान नै हो, तर रमाइलो छ।’
उमेरले ३० टेक्न लागेकी छोरीका लागि योग्य केटा खोज्न परिवारले गरेको संघर्षलाई फिल्ममा रमाइलो शैलीमा प्रस्तुत गरिएको स्वस्तिमाको दाबी छ। फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, रामबाबु रेग्मी, लुनिभा तुलाधर, मुकुन्द मैनाली लगायतको अभिनय छ।