सुचना, समाचार र मनोरन्जन

‘काठमाण्डु शहर’ को म्युजिक भिडियोलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भाग

काठमाडौं :

नेपाली रक ब्याण्ड् झिल्के एण्ड द कम्पनीले गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियोलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भागको रुपमा सार्वजनिक गरेको छ। यो भिडियोलाई व्याण्डले काठमाडौं, झापा र दार्जिलिङमा फैलिएका सांस्कृतिक प्रभावको समृद्धि मनाउने भावनात्मक संगीत भिडियोहरुको श्रृङ्खला मानेको छ।

यो भिडियो उनीहरुको एल्बम ‘जवानीको जोश’ को तेस्रो म्युजिक भिडियो हो। गीतका गायक तथा गीतकार स्टिभ देवान ‘थ्रि सिटिज ट्रिलोजी’लाई ब्याण्डको आधारको मार्मिक अन्वेषणसँगै व्यक्तिगत इतिहाससँग जोडिएको दस्तावेज मान्छन्।

‘मेरो परिवारको काठमाडौं, झापा र दार्जिलिङसँग गहिरो सम्बन्ध छ। हुर्कदै गर्दा, मैले यी विभिन्न स्थानहरुका परिवारहरुबाट विविध संस्कृतिहरुको अनुभव पाएँ,गीतबारे उनी भन्छन्, ‘यी हरेक स्थानले मेरो बाल्यकालको सम्झना समेट्नुका साथै ब्याण्डको पहिचानलाई आकार दिने सांस्कृतिक, कलात्मक र सांगीतिक प्रभावहरुको प्रमाणको रुपमा काम गरेको छ ।’
‘जवानीको जोश’ एल्बमको कथासँग थ्रि सिटिज ट्रिलोजी निर्वाध रुपमा मिलेको छ, जसले काठमाडौंमा द्वन्द्वकालको पृष्ठभूमिमा हुर्किएको एक युवकको जीवनको कथा बताउँछ। पहिलो भिडियो ‘१८२’, मार्च २८, २०२४ मा रिलिज भएको थियो, जसमा रक एण्ड रोल, पंक–रक, शु–गेज र अल्टरनेटिभ रकको तत्वहरु मिसाई गीतको शीर्षक विश्वव्यापी चर्चित ब्याण्ड ब्लिन्क १८२ प्रति समर्पित थियो।

झापामा छायांकन गरिएको उक्त भिडियोले वास्तविकता र सपनाबीचको सीमानालाई पछ्याउँदै आफ्नो पहिचान खोज्ने युवकको चित्रण गरेको थियो । त्यसपछि रिलिज भएको ‘कान्छी तिम्रो नराम्रो बानी’ दार्जिलिङमा छायांकन गरिएको थियो, जसमा क्लासिक रकको धुनमा प्रेम र त्रासदीका विषयवस्तुहरु जोड्ने एक कथा प्रस्तुत गरिएको थियो ।

‘काठमाण्डु शहर’ झिल्के एण्ड द कम्पनीबाट उनीहरुको कलात्मक यात्रामा गहिरो प्रभाव पारेको शहर प्रति भावपूर्ण रुपमा समर्पित गीत हो।
युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको गीतले दरबार स्क्वायरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई जोड दिएको छ। भिडियाको निर्माण कम्पनी, पिभिई नेटवर्कका विकेश कायस्थ सहरको सम्पदाका लागि दरबार स्क्वायर महत्वपूर्ण रहेकाले यो स्थान छनोट गरिएको बताउँछन् ।

Leave A Reply

Your email address will not be published.