सुचना, समाचार र मनोरन्जन

लण्डनमा आयोजित मिसेस नेपाल युनिभर्स २०२४को उपाधि सन्तोषीलाई

काठमाडौं :

‘मिसेस नेपाल युनिभर्स २०२४’ को उपाधि सन्तोषी कार्कीले जितेकी छन्। लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपाल युनिभर्सको ताज चुमेकी हुन्।

अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७ औं मिसेस युनिभर्समा भाग लिने भएकी छन्।मिसेस युनिभर्समा आधादशक देखि नेपालले सहभागिता जनाउँदै आएको छ। यसपटक आफुले नेपालको लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताईन्। मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो।

४७ वर्षबाट यो प्रतियोगिता हुदै आएको छ। १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्दैछिन्। अन्तराष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिब समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त छन्।

यो प्रतियोगितामा भाग लिन सन्तोषी दुईदिनपछि दक्षिण कोरिया उड्दैछिन्। लन्डनको एक विश्वविधालयमा प्राध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन्। लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी सन्तोषी ८ वर्षको छोराको आमा पनि हुन् ।
‘पारिवारिक जिम्मेवारी निर्वाह गरेर पनि बाहिर गएर केही गर्न सकिन्छ भनेर मैले यो प्रतियोगितामा भाग लिएको हुँ’,सन्तोषीले पत्रकारसँगको कुराकानीमा भनिन्,‘नेपालको बारेमा सो अन्तराष्ट्रिय मञ्चमा धेरै भन्दा धेरै जानकारी गराउने छु।’

डेढ दशकदेखि बेलायतमा बस्दै आएकी सन्तोषी सोलुखुम्बुकी हुन्। काठमाडौं आएर १२ कक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा , सन २०८ को मिस टिन २००७ मा भाग लिएकी उनले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शिर्ष उपाधि जितेकी थिईन्। त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताइन्।

‘कलेजदेखि नै आफु सौन्दर्य प्रतियोगितासँग जोडिएको थिए। त्यसले पनि मलाई अन्तराष्ट्रियमा भएको सौदर्य प्रतियोगीतामा सहभागी हुन सहज बनायो’,सन्तोषीले भनिन्।

सन्तोषीले मिसेस युनिभर्सको लागि आवस्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पुरा गरेकी छन्।

मिसेस नेपाल युनिभर्सकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट सन्तोषी जाने तयारी गरिरहेको समेत बताईन्। यस्तै अफिसियल मेकअप आर्टिष्टको रुपमा रहेकी इन्दिरा महर्जनले उनलाई व्युटी सम्बन्धि ग्रुमिङ गरेकी छन्।

Leave A Reply

Your email address will not be published.