सुचना, समाचार र मनोरन्जन

‘ज्वाइँ साब’मा जितुको यस्तो लुक्स : बुड्यौली र सोही अनुरुपको पहिरनको के छ रहस्य

काठमाडौं :

यहि असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’यतिबेला चर्चामा छ। प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले फिल्मका मुख्य कलाकार जितु नेपालको लुक्सले चर्चा पाएको हो।

मेसोमा जितुको बुढ्यौली गेटअपको पोस्टर जितु आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। पोस्टरमा जितुलाई गोवद्र्धन पण्डितको रुपमा चित्रण गरिएको छ जितुलाई बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउने प्रयास गरिएको छ। उनको यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता पनि जगाएको छ।

जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन। जितु यतिबेला फिल्मको प्रमोसनमा व्यस्त छन् । यही व्यस्तताबीच सार्वजनिक उनको गेटअपले कौतुहलता पैदा गरेको छ। फिल्मको सार्वजनिक पोस्टर, टिजर र गीतले फिल्म वृत्त र दर्शकमा बेग्लै हाइप बनाइसकेको छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.