काठमाडौं :
स्वस्तिमा खड्काको अभिनय तथा निर्माणमा बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आएको छ। नेपालमा पहिलो पटक ३३५ यटा पर्दामा एक साथ प्रदर्शनमा आएको हो। यो फिल्मले बिहानी शोमा दर्शकको सुखद साथ पाएको छ भने निर्माण पक्ष उत्साहित रहेका छन्।
सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्मको बुधबार बेलुका भक्तपुरको क्यूएफएक्स हलमा प्रिमियर समेत गरिएको थियो। प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्काले ट्याक्टर चलाएर नैै भाटभटेनी पुगेकी थिइन्। जुन दृश्य रोचक रहेको थियो। उनको यो शैलीले केहि बेर हल बाहिर हेर्नेको घुँइचो लागेको थियो।
स्वस्तिमा र उनका श्रीमान तथा अभिनेता मिलेर निर्माण गरेको यो फिल्ममा दुवै जनाको मुख्य भूमिका रहेको छ। यो फिल्ममा बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, सिम्रन खड्का,विजय बराल,सरोज अर्याल आमिर गौतम लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
प्रिमियरमा हरिवंश आचार्य, निरुता सिंह, सलिनमान बनियाँ, सलोन बस्नेत, निर्देशक शोभित बस्नेत,प्रियंका कार्की,ओसिन सिटौला लगायत दर्जनौ कलाकर्मीको उपस्थिति रहेकोथियो। उनीहरुले यो फिल्मको खुलेर तारिफ गरे।