सुचना, समाचार र मनोरन्जन

नेहा-निभाको २५ वर्षे यात्रा पूरा

कास्की : पोखराको न्यूरोड-९ मा अवस्थित नेहा-निभा स्टोरले २५ वर्षको यात्रा पुरा गरेको छ। गुणस्तरीय र आधुनिक फेसनका सामग्रीहरू प्रदान गर्दै आएको यो स्टोर हाल पोखराका फेसन गन्तव्यहरूमध्ये एक बनेको स्टोरको दाबी छ।

नेहा-निभाको सुरुवात २५ वर्षअघि विष्णु बहादुर थापा र उनकी श्रीमती सरिता थापाले पोखराको चिप्लेढुङ्गाबाट गरेका थिए। आफ्नो मेहनत र समर्पणको बलमा उनीहरूले यो स्टोरलाई हालको उचाइसम्म पुर्याएको थापा दम्पतिले बताए। ‘सुरुमा सानो रूपमा खुलेको यो स्टोर अहिले आधुनिक फेसनका सबै प्रकारका कपडा, मेकअपका सामानहरू, स्टाइलिश लेडिज ब्यागहरू, लेडिज सेन्डल र जुत्ताहरू, परफ्युम, र अन्य थुप्रै सामग्रीहरू उपलब्ध गराउने मुख्य केन्द्र बनेको छ’, थापाले भने।

नेहा-निभा कलेक्शनमा तपाईंले आधुनिक शैलीका विभिन्न सामग्रीहरू सुलभ मूल्यमा प्राप्त गर्न सकिने उनले बताए। ‘२५ वर्षको सफल यात्रामा रमाउँदै, नेहा-निभा अहिले नयाँ स्थान न्यूरोड-९ मा थप सुविधासहित सेवा प्रदान गरिरहेको छ’, उनले भने, ‘यदि तपाईंले नवीनतम फेसन ट्रेन्ड र डिजाइनहरू खोजिरहनुभएको छ भने, नेहा-निभामा पक्कै पनि तपाईंको चाहनाअनुसारको पहिरनको उपयुक्त विकल्प फेला पार्न सक्नुहुनेछ।‘

Leave A Reply

Your email address will not be published.