सुचना, समाचार र मनोरन्जन

बाढी पहिरो प्रभावित क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा सहज बन्दै

काठमाडौ/

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सहज बन्न थालेको छ । खम्बा ढल्ने, तार चुँडिनेलगायत कारणले अवरुद्ध टेलिफोन सेवा मर्मतपछि सहज बन्दै गएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार काठमाण्डौ उपत्यकासहित धादिङ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथरलगायतका प्रभावित जिल्लामा केही समय अवरुद्ध भए पनि अहिले सेवा सञ्चालन भइसकेको छ । बिजुली नभएकाले काभ्रेपलाञ्चोक र ललितपुका केही ठाउँमा सञ्चालन हुन बाँकी छ । यी क्षेत्रमा पनि टेलिफोन र इन्टरनेट सेवा तत्कालै सञ्चालनका लागि प्रयास भइरहेको छ ।

टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार बाढी, पहिरो र डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको झन्डै ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको पूर्ण विवरण अझै नआइसकेको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.