सुचना, समाचार र मनोरन्जन

‘अग्नीदहन’को टिजर : महिलालाई बोक्सीको आरोप लगाउदै झाक्रीबाट यातना

काठमाडौं :

नेपालमा बोक्सीको आरोपमा थुप्रै महिलाहरुलाई यातना झामी झाँक्रीले याताना दिने गरेका छन्। निर्दोष महिलालाई गाउँले भेला भएर यातना दिने गरेको थुप्रै समाचार तथा भिडियोमा देखिदै आएको छ। अब यहि कुरा दर्शकले पर्दामा हेर्न पाउने भएका छन्।

आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’मा यस्तै घटनामा आधारित फिल्म प्रदर्शनमा आउने तयरीमा छ। हालै यो फिल्मको टिजर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो ।

एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टिजरमा देख्न सकिन्छ । टिजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए। फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ।

फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो।नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

Leave A Reply

Your email address will not be published.