सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि

काठमाण्डौ/

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ ।

अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो ।

नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । त्यसपछि भने अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको

Leave A Reply

Your email address will not be published.