सुचना, समाचार र मनोरन्जन
Sarangi

के भारतिय फिल्म निर्देशकले पनि ‘पूजार सर’मा गर्दैछन् लगानी ?

काठमाडौं :

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’का लागि भारतिय फिल्म निर्माताले लगानी गर्ने हल्ला चलेको छ। यस फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिने चर्चा छ।

‘ग्याङ्स अफ वासेपुर’बाट निर्देशनमा आफूलाई स्थापित गरेका अनुरागले ‘एके भर्सेस एके’, ‘भूतनाथ रिटर्न्स’, ‘अकिरा’ लगायत चर्चित फिल्ममा काम गरिरहेका छन्। उनले नेपाली फिल्ममा लगानी गर्दा भारतमा पनि नेपाली फिल्मले चर्चा पाउने अपेक्षा राखिएको छ। जे होस् यो फिल्मले भारतिय फिल्म बजारमा नेपाली फिल्मको चर्चा भए अन्य फिल्मलाई सहयोग पुग्छ कि भन्ने अनुमान नेपाली फिल्मकमीको पनि देखिन्छ।

यो फिल्म यस वर्ष (२०२४)को सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा छनोट भएर प्रदर्शन भएको थियो भने त्यसपछि मुम्बई फिल्म फेस्टिभलमा सहभागीता जनाएको थियो। यसलाई निर्माण टिमले बुसान जस्ता प्रतिष्ठित फेस्टिभलमा सहभागी गराएका थिए। विभिन्न देशको फेस्टिभलमा सहभागीता जनाएको यो फिल्मको नेपालमा प्रदर्शन मिति भने घोषणा गरिएको छैन।

नेपाल र भारतको सीमावर्ती शहरमा हुने अपराधि गतिविधीलाई उठान गरिएको यो फिल्ममा आशा मगरतीको शीर्ष भूमिका रहेको छ। उनका साथमा दयाहाङ राई, निकिता चाण्डक,ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, पशुपति राई, पुष्पा यादव लगायतको पनि अभिनय छ । आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले मिलेर यो फिल्मको निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.