सुचना, समाचार र मनोरन्जन
Sarangi

सत्य घटनामा आधारित लघु चलचित्र ‘मौनता’ले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्दा गर्ने

 

कास्की : सत्य घटनामा आधारित नेपाली लघु चलचित्र ‘मौनता’ पाँच वटा भाषामा सबटाइटल बनाएर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छिटै नै प्रतिस्पर्धा गर्ने भएको छ।

चलचित्रकी लेखक गंगा चौहान हुन् भने निर्माता तथा निर्देशक रुशील अमात्य रहेका छन्।

यस चलचित्रलाई अन्य देशी तथा विदेसी चलचित्रहरूमा जस्तै स्पेसल इफेक्ट र कलर ग्रेडिंगको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ।

यस चलचित्रमा मुख्य भूमिकामा  राम चन्द्र अधिकारी (काजिबा), सपना श्रेष्ठ, भूमिका थारु, कल्पना के.सी, नारायण घिमिरे,बिधयक तिलक, युवराज मंगार, सुदिस थापा मगर, मिलन राई, गजेन्द्र शाही, पूर्ण बस्नेत रहेका छन्।

चलचित्र स्प्लाश इमेज इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको हो भने छायांकन कोरियाका लि योङ्ग मोक ले गरेका हुन्। यस चलचित्रका सम्पादक सतिश श्रेष्ठ हुन्।

Leave A Reply

Your email address will not be published.