सुचना, समाचार र मनोरन्जन
Sarangi

पूजा र सुष्माले दिए आफ्नो फ्यानलाई ‘सरप्राइज’

काठमाडौं :

झण्डै एक दशक पानी बाराबार अभिनेत्रीद्वय पूजा शर्मा र सुष्मा कार्कीको सम्बन्ध सुधारिएको छ। एकअर्काको नामै सुन्न नचाहने उनीहरु यतिबेला घनिष्ट साथी बनेका छन्। अझ भर्नौ गाला जोडेरै टिकटक बनाएर सार्वजनिक गरेका छन्।

आइतबार ‘सुष्मा कार्कीले आफ्नो टिकटक आइडीबाट पूजासँग अंकमाल गर्दै हिन्दी गीत ‘हुआ मुझे भी प्यार हुआ’मा टिकटक बनाएपछि उनीहरुको दरार सम्बन्ध सुधारिएको हो। सुस्माले टिकटकको क्याप्सनमा ‘स्वीटहार्ट’ लेखिएपछि फिल्म र राजनीति क्षेत्र उस्तै रहेछ भन्दा फरक नपर्ला। किनभने राजनीतिमा पनि यस्तै भएका घटना थुप्रैछन्।

सुष्माले अपलोड गरेको भिडियोलाई दर्शकले अत्यधिक मन पराएका छन्। अधिकांशले उनीहरुको भिडियोमा सकरात्मक कमेन्ट गर्दै बधाई दिएका छन्। पूजा र सुष्माको मिलनले दर्शकहरुलाई राम्रै ‘सरप्राइज’ दिएको छ ।

Leave A Reply

Your email address will not be published.