काठमाडौँ :
तिहारले छपक्कै छोपेको समयमा सार्वजनिक भएको देउसीभैलो गीत ‘झिली र मिली देउसीभैलो’ले एक लाख भन्दा बढि दर्शक पाएको छ। गीतले रिलिज गरेको २४ घण्टामा नै एक लाख २६ हजारभन्दा बढि दर्शक पाएको हो भने सय हाराहारी प्रतिक्रिया पाएको छ। अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतको प्रशंसाा गरेका छन्।
तिहारको संघारमा सार्वजनिक भएको गीतमा मंगल राईको शब्द र प्रियजन राईको भाका रहेको छ। गीतकार मंगल राईले नै निर्माण गरेको यो गीतलाई पुर्वेली शैलीमा तयार पारिएको छ।
देउसीभैलो गीतमा दर्जनौ गायकगायिकाहरुले स्वर भरेका छन्। जसमा कुमार प्रयास राई, प्रियजन राई, बुद्ध राई, तोरेम्पा हाङ राई, नारायण राई, मन्दीप राई, अर्जुन घिमिरे, मिना पुमा राई, मन्जिता राई, मेनुका राई, शिवानी बान्तवा राई र मनमावि राईको संयुक्त स्वर सुन्न सकिन्छ। यो गीतलाई मनोज साङसुङ राईले एरेन्ज गरेका छन्।
गायक तथा लयकार प्रियजन राईकै निर्देशनमा तयार भएको यस गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा),प्रियजन राई,अर्जुन घिमिरे,इन्द्र आले मगरलगायत गायकगायिकाहरुले नै अभिनय गरेका छन्।
सुम्निमा पारुहाङ म्यूजिक यूट्युवमार्फत सार्वजनिक यस गीतको भिडियोलाई छोटो समयमा नै दर्शकको राम्रो साथ मिलेको हो। गीतकार राईले यसअघि ‘गाइघाट बजार’, ‘यो दुई दिने चोला’, ‘मायाको ओखती’ लगायत चर्चित गीतहरु दर्शक स्रोतामाझ ल्याइृकसको छन्। उनका कलम प्राय पुर्वेली गीतहरु लेखनमा चल्ने गरेको पाइन्छ।