एजेन्सी :
बलिउड अभिनेता सलमान खानलाई पटक पटक ज्यान मार्ने धम्की आउदै गरेको छ। उनलाई पछिल्लो समय २ करोड मागेका छन्। यदि २ करोड फिरौती मागिएको छ। यदि आफुहरुले मागेको जति रकम नदिए सलमानको ज्यान लिने धम्की आएको भारतिय मिडियाले जनाएका छन्।
अज्ञात व्यक्तीको धम्की आएसँगै भारतिय प्रहरीले एसएमएस पठाउने व्यक्तीको खोजी थालेको छ। प्रहरीले अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ। यसअघि सलमानलाई ५ दिनअघि पनि सलमानलाई यस्तै खालको धम्की आएको थियो। ति धम्क्याउने अभियुक्तलाई मुम्बई प्रहरीले नोएडाबाट पक्राउ गरेर कारबाही अगाडि बढाएको छ।