सुचना, समाचार र मनोरन्जन
Sarangi

ऐश्वर्याले सलमानसँगको प्रेम भाँडेको सोमी अलीको दाबी

मुम्बई :

बलिउड अभिनेता सलमान खानको हरेक हिरोइन्सँग नाम जोडिर्दै आएको छ। कहिले कोसँग त कहिलेको कोसँग प्रेममा रहेको चर्चा हुँदै आएको छ। तर हालै सोमी अलीले एक टेलिभिजनसँगको अन्तरवार्तामा सलमान खान छुटिनुमा अभिनेत्री ऐश्वर्या रायको हात रहेको बताएकी छन्। उनले सलमान र ऐश्वर्यको प्रेमकथा फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएपछि आफ्नो प्रेम टुटेको दाबी गरेकी छन्।

हालै उनले जुम टिभीलाई दिएको अन्तर्वार्तामा शो खुलासा गरेकी हुन्। अन्तरवार्तामा सोमीले यो फिल्ममा सुटिङ चलिरहेको बेला सलमानले कल गर्दा नठाएको बताएकी छन्।
उनले विगत सम्झदै भनिन्, ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ चलिरहेको थियो । एक दिन मैले सलमानलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन्।’
उनले सलमानलाई कल गर्दा नउठेपछि फिल्मका निर्देशक सञ्जय भन्सालीलाई कल गरेकी थिइन्। निर्देशकले सलमान सुटमा रहेकोले बोल्न नमिल्ने बताएको उनको भनाई छ।

उनी भन्छिन्,‘मैले फिल्मका निर्देशक सञ्जय लीला भन्सालीलाई फोन गरेँ र उनले भने– ‘सलमान सुटिङमा व्यस्त भएकाले तपाईसँग अहिले कुरा गर्न सक्दैन।’

ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका सोमी सलमान यहि फिल्मबाट छुटेको सोमीको आरोप छ। यो फिल्मपछि सलमान र ऐश्वर्याबीच कुराकानी मात्रै नभएर जिममा पनिसँगै हुन थालेका थिए।

अन्तरवार्तामा सोमीले भनेकी छन्, ‘पछि ऐश्वर्या सलमानको जिममा आउन थालिन्, जहाँ सलमान र म सँगै बस्थ्यौँ। म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तल्लामा बस्थेँ, जहाँ हाम्रो जिम पनि थियो। मैले सलमानसँग काम गर्नेहरूबाट उनीहरूको प्रेमबारे जानकारी पाइरहेकी थिएँ। मलाई मेरो हृदयमा थाहा थियो कि उनीहरूको सम्बन्ध अझै गहिरो बन्ने छ।’

उनले मलमान र ऐश्वर्या नजिक भएपछि आफुले छोट्दा नै पउपयुक्त हुने भनेर रिलेसिफबाट बाहिरिएको बताएकी छन्।

उनले थपेकी छन्,‘मलाई यो पनि थाहा थियो कि अब यो मेरो लागि छोड्ने समय हो।’

अभिनेत्री ऐश्वर्यासँग सलमानको ब्रेकअपभएपछि उनले अभिषेक बच्चनसँग विवाह गरेकी थिइन्। ऐश्वर्या र अभिषेकले २० अप्रिल २००७ मा विवाह गरेका थिए।

Leave A Reply

Your email address will not be published.