काठमाडौं
नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’को अडिसन बिहीवार पोखरामा हुने भएको छ । अडिसन होटल बाराहीमा हुनेछ ।
प्रतियोगितामा सहभागी हुन बुधबार बाट रजिस्ट्रेशन खुल्ला गरिएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए ।
क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।
यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए ।
अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमन्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ। सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डाइमन्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए