Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तमु कलाकार कल्याणकारी कोष सञ्चालन समिति गठन, संयोजकमा हुमबहादुर गुरुङ
- धार्मिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा क्षत्री समाज नेपालको अपिल
- ‘तीन तीघ्रे क्या बिग्रे’ले गर्यो नयाँ सुरुवात, चलचित्र प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा
- धमिलिएको सद्भाव: विवेक कि बन्दुक ?
- साउन १६ गते शनिबारको राशिफल पढ्नुहोस
- रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान
- लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’
- ‘पार्वती’को टिजरबाटै दर्शक जित्दै नीता, अभिनयसँगै निर्देशनमा पनि अग्निपरीक्षा
- सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज
- दिव्यदेव, झरना र सुहाना फिचर्ड ‘बा : एक योद्धा’को शीर्ष गीतमा सन्तानका लागि बाको संघर्ष
स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
काठमाडौं :
नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन्। बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आबद्ध गरेको जनायो ।
उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन्। उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन्।
‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन्।नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो।’
उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन्। कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द छ ।