काठमाडौं :
अभिनेता विजय बराल अभिनित फिल्म‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा २० करोड रुपैयाँको कलेक्सन गरेको छ। प्रदर्शनको ११ दिनसम्मको कमाइ विवरण सार्वजनिक गरिएको हो।
मुलुकका १०० भन्दा हल र ४५० भन्दा बढी शोबाट प्रदर्शन भइरहेको यो फिल्मको टिकट पाउनै सकस छ। अग्रिम टिकट बिक्रीका कारण यो फिल्म हेर्न हलमा पुगेका दर्शक फर्किएको थुप्रै उदाहरण रहेका छन्। त्यसैले पनि यो फिल्मको आइतबार (२५ कात्तिक)सम्मको कमाइ २० करोड ७३ लाख ग्रस पुगेको थियो। निर्माण टिमका अनुसार फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख ग्रस कमाउन सफल भएको थियो। यो कुल कलेक्सन साढे १७ करोड नेट हो। यसबाट निर्मातालाई साढे ८ करोड सेयर प्राप्त हुन्छ।
यही गति कायम रहे फिल्मले सर्वाधिक कमाइको रेकर्ड राख्न सक्छ। सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यो फिल्ममा बिजय बरालका अलवा,अञ्जना बराईली,मुकुन भुसाल,प्रकाश सपुत लगायतका कलाकारहरुले अभियन गरेका छन्। यस फिल्मलाई विनोद पौडेल टिमले निर्माण गरेको हो।