सुचना, समाचार र मनोरन्जन

तीन फिल्म हिट भएपछि ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली,मङ्सिर दोस्रो साताबाट छायांकन

काठमाडौं :

प्रदर्शनरत फिल्म ‘पुर्णबहादुरको साराङ्गी’की अभिनेत्री अञ्जना बराइली नयाँ फिल्ममा अनुबन्ध भएकी छन्। मङ्सिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘डोरी’मा बराइली अनुबन्ध भएकी हुन्।

Chaka Panja

यसअघि उनले प्रमुख भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘महापुरुष’, ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा प्रमुख भूमिकामा अभिनय गर्न लागेको निर्देशक अरुण लामाले बताए।

अञ्जनासँगै यस फिल्म अभिनेता प्रकाश घिमिरे, प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहने छ। हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस फिल्ममा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार यो फिल्ममा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।

फिल्म लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन्। यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्। ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज हुने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.