पोखरा/
नेपाली अग्रणी कन्फेक्सनरी उद्योगको परिचित नाम सुजल फुड्स प्रा.लि ले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुनः बजारमा ल्याउने तयारी गरेको छ ।
सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी छिट्टै नै ८० र ९० दशकका पुस्ताको लागि मन जितेको क्यानडी उबेला ब्ल्याकबल उपनाम बाट परिचित थियो।
सुजल फुड्सले फेरि एकपटक उपभोक्ताहरूमाझ पिरो -मिश्रित मिठो स्वादको पुरानो यादलाई ताजा बनाउन रिमझिम बल पुनः लन्च गर्ने तयारी गर्दैछ। पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्महरूमा यस ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताहरूको मागका कारण यसलाई पुनः बजारमा ल्याउने निर्णय गरिएको हो। सुजल फुड्स ले रिमझिम बलको पुनः लन्चको सुरुवात पोखराबाट गर्ने भएको छ।
यो पुन: लन्चले पुराना उपभोक्ताहरूलाई बाल्यकालका सम्झनाहरू दिलाउनेछ र फेरी एकपटक आफ्नो मन पर्ने क्यान्डी खान पाइनेछ भने नयाँ पुस्तालाई तिक्खर स्वादहरूको खोजीमा पुरानो मिठासको अनौठो अनुभूति दिनेछ। सुजल फुड्सले यस रिमझिम बलको पुन: लन्च अभियानबारे थप जानकारी चाँडै सार्वजनिक गर्नेछ। जहाँ पुराना प्रशंसकहरूलाई पुराना यादरुको यात्रा गराउँदै नयाँ पुस्तालाई नयाँ र फरक स्वादको अनुभव दिने योजना बनाएको उत्पादक कम्पनीले जनाएको छ ।