सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

ग्रेस इन्टरनेशनल ग्रुपको ‘एडुभर्स २०२४’ शैक्षिक मेला हुँदै

 

पोखरा : यहि मंसिर ६ गते महेन्द्रपुलको आफ्नो भवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ नेपालमा रहेका आफ्नो शाखाहरुमा संचालन गर्दैछ ।

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने ग्रेस इन्टरनेशनल पोखराका संस्थापक निर्देशक प्रदिप कुमार लम्सालले जानकारी दिए ।

मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्ने उनको भनाइ छ । साथै मेलामा आउने सबै बिद्यार्थीहरुलाई मिडटाउन सिनेमाको ६ महिना अबधि भएको टिकट पनि उपलब्ध गराउने  लम्सालले बताए ।

IVF Big

इटहरीबाट सुरु हुने मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ ।

विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दीपेन्द्रसिंह ऐरीले पनि अधिकांश सहरका मेलामा उपस्थिति जनाउनेछन् । ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकाङ्क्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ । विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्ने आयोजकले जनाएको छ ।

आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ । मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्ने लम्सालले बताए ।

Leave A Reply

Your email address will not be published.