सुचना, समाचार र मनोरन्जन

अभिनयमा फर्किए दयाहाङ राई,मंगलबारबाट नै ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन थाले

काठमाडौं :

लामो समयको अन्तरालमा अभिनेता दयाहाङ राई अभिनयमा फर्किएका छन्। उनी खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’मार्फत अभिनयमा फर्किएका छन्। यो फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिएका छन्।

Pach Pandav

मुर्हतमा फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन्। फिल्मको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुने फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ। फिल्ममा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ। यो फिल्मका लागि अमेरिकाबाट अभिनेत्री रिस्मा केहि साता अघि नेपाल आएकी थिइन्। कलाकार वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको यो फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रुपमा रहेका छन्।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन्। फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ। यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.