काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि कलेक्सनमा छलाङ मार्न थालेको छ। हलवालाले कम शो दिए पनि उत्साहप्रद ओपनिङ गरेको फिल्मले तीन दिनको कमाई ३ करोड भन्दा माथी पुगेको छ।
शुक्रबार ८० लाख कमाएको फिल्मले शनिबार १ करोड २० लाख ग्रस कमाई गरेको थियो। दुई दिनमै २ करोडको व्यापार गरेको यो फिल्मले आइतबार ७५ लाख कलेक्सन गरेको थियो। निर्माण पक्षले सोमबार ९० लाख कमाई उल्लेख गरेको छ । सोमबारसम्म फिल्मले कूल ३ करोड ६५ लाख कमाएको फिल्मका वितरक मनोज राठीले जनाएका छन्।
यो फिल्मको प्रवर्द्धनका लागि आइतबार भारतीय कलाकार प्रदीप रावत (गजनी भिलेन) समेत नेपाल आएका छन्। उनी सोमबारबाट काठमाडौंका विभिन्न हल पुगेर उनले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन्। चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा भारतबाट प्रदीपसहित ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंहले अभिनय गरेका छन्।
यता नपाली कलाकारका तर्फबाट नीता ढुङ्गाना,हरिहर अधिकारीका ललवा विपना थापा,रेखा थापा,सञ्चिता लुइँटेल,गरिमा शर्मा,लक्ष्मी पौडेल,आदर्श मिश्र लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन्। फिल्मलाई दर्शकले अत्यधिक मन पराइदिएका छन्। निर्माण पक्ष पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्। आज राजधानीका थुप्रै हलहरुमा नीता,हरिहरका अलवा भारतबाट आएका यस फिल्ममा मुख्य कलाकार प्रदीप रावत पुगेका छन्।