सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

प्रतिशोधको राजनीतिले रविलाई बनाउँदै  ‘युगनेता’

 

देशमै केही गर्छु भनेर यहीँ  केही न केही गरिरहेका युवाहरू आज विदेशमा छन््।  क्याम्पसमा पढ्दा देश सुधार्नुपर्छ भनेर पढाइ नै दाउमा राखेर राजनीति गरिरहेका अधिकांश युवाहरू  आज विदेशमै छ्न्।

लामो समयदेखि देशमा परिवर्तनको नाममा युवाहरूलाई प्रयोग गरेर देशलाई सबैतिर खोक्रो पार्दै जानाले आज यो स्थिति आएको कुरा आज राजनीति गरिरहेको युवालाई पनि प्रष्टै थाहा छ।

तर आज ती युवालाई थाल खाउँ कि भात खाउँ भइरहेको छ र पनि तिनै दलका नेताले मिल भन्या बेला मिल्न र छुट भन्या बेला छुट्न बाध्य छ्न्। उनीहरू फेरि पनि गोटी बनिरहेका छन्।

उमेर गइसक्यो अब राम्रो देश जानलाई सक्दैन। खाडी जाम लाजको पसारो हुने भो। व्यवसाय गरौँ भने पनि डुब्ने चिन्ता उत्तिकै छ। अनि बाध्यात्मक परिस्थितिलाई बुझेर त्यही पुराना नेताले फनफनती नचाइरहेका छन् भने सबै ति युवाहरू पनि नाच्नुको विकल्प छैन।

बर्षौ देखि देशलाई ब्रमलुट गरिएकाहरूबाट नै न्यायको अपेक्षा हुनु भनेको अन्यायको शिखरमा बसेर न्याय पाइन्छ कि भनेर आशा गर्नु मात्र हो।

पछिल्लो समय साझा, विवेकशील , अटेरी अभियान, लौरो अभियान हुँदै घण्टी सम्म आइपुग्दा जुन तहको सामाजिक चेतको बिकास भएको छ त्यो एक खालको मुलुक परिवर्तनको बाहक सँगै एउटा खालको ट्र्याक पक्रिन लागेको छ भन्ने कुरा आभास भने गर्न सकिन्छ।

सङ्सँगै वैकल्पिक शक्तिको उभारसँगै साना दलहरूले पनि पुराना ठूला दललाई सामना गर्दै जनताको विश्वासकै कारण जुन किसिमले आफ्नो शक्तिलाई मजबुत बनाउदै गएका छन्। जसका कारण देशले परिवर्तन खोजेको छ भन्ने कुरा दुईमत छैन। केवल साना दल र वैकल्पिक शक्तिबाट उदय भएका हरू एकजुट हुन पर्ने बेला आइसकेको छ।

हो हामीलाई आज बालेन, हर्क, गोपी हमाल जस्ता आउनु पर्छ भन्ने स्थिति कसले बनायो?पार्टी खोलेको 5 महिना नपुग्दै जनताले झण्डै १२ लाख मत नयाँ पार्टीलाई किन दिए होलान्?

जसले यत्रो भडखालोमा हालेर देशभरिका नागरिकलाई अन्यायमा पारे। हो तिनैका पछि केही ठूला पार्टीकै छत्र छाँयामा बसेर न्याय मागेर न्याय पाइन्छ भनि सोच्नु नै हामी फेरि एक पटक गलत हुनु हो।

दुनियाँ तन्त्रमा मन्त्र लगाउँदै जनतालाई भ्रम पार्दै लामो समय देखि राजनीति गरिरहेका ठूला दलका धूर्त नेताहरूकै कारण आज आम नागरिक अन्यायमा परेका  छ्न्।

जसरी वैकल्पिक शक्तिको पछिल्लो जित सँगै ठूला दललाई त्रसित बनाएको छ। ती ठूला दल एक ठाउँमा आउन बाध्य भएका छ्न्। त्यसै गरि साना दलहरू र वैकल्पिक स्वतन्त्र शक्ति एक भएर अघि बढ्यो भने ठूला दललाई परास्त पार्ने मात्र हैन देशले एउटा छुट्टै  बाटो अंगाल्दै काँचुली फेर्ने निश्चित नै छ।

IVF Big

यति वेला सहकारी पीडितहरू न्याय मागिरहेका छ्न्। त्यही न्याय भित्र फेरि राजनीति गरिरहेका छ्न् तिनै युवा। संसदिय छानबिन समितिले क्लिन चिट दिएको रवि आज हिरासतमा छ्न्।

​ हिजो अहिलेका प्रधानमन्त्री खड्क प्रसाद ओलीले नै दोषी छैन भनेपछि एमाले युवा साथिहरू चुप बस्नु भो। फेरि ओलीले दोषीको सिग्नल दिए सबै एमाले युवा साथीहरू सहकारीको सबै पैसा मानौँ रविले नै खाएको जस्तो गरि सहकारी पीडितलाई उचाल्दै राजनीति रोटी सेकिरहेका छ्न्।

सबै संयन्त्र प्रयोग गरेर रवि लामिछाने माथि जुन प्रतिशोध साँधेर राज्य लागेको छ। त्यती नै प्रतिशोध साँच्चैको सहकारी ठगमाथि साँधेको भए आज धेरै जनताले राहत महसुस गरिसक्थे।

तर यसरी एउटा रविमाथि मात्र लाग्नुले रविलाई झनै मजबुत बनाएको छ। यो मुलुकको वैकल्पिक शक्तिको बलियो खम्बा पाउने निश्चित भएको छ। यो खालको प्रतिशोधले पुराना दललाई घाटा छ र रवि सँगै यो मुलुक अझै हजारौं रवि , बालेन , गोपि, हर्क जन्मने निश्चित जस्तै छ।

पुराना दल नसुध्रिनु खतरा त छँदै छ। त्यहाँ भएका युवाले  पनि आफ्नो नेता सुधार्न नसक्नु झनै खतरा बन्दै गएको छ। जसको कारण अब उदाउँदै गरेका युवालाई सहज बाटो निर्माण भएको छ। त्यसैले प्रतिशोध साँधेर राज्य नै लागेर रविलाई सिध्याउन हैन बलियो र यो युगको एउटा नेता जन्माउँदै छन्। जसले बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने छ। थुप्रै रवि जस्ता रविहरू, बालेन जस्ता बालेनहरू जन्माउने छ।

पुराना दलको संयन्त्र र उनीहरूको खुकुलो  पोलिसी कै कारण आज लाखौँ जनता पीडामा छ्न्। त्यसैले ठूला दलबाट अपेक्षाको घडि सकिएको छ। नयाँमा आएका केहिमा त्रुटि देखिए पनि कम्तीमा अन्यायमा परेकोलाई न्याय दिनको लागि  रगत बगाउन पनि पछि नपर्नेहरू त्यत्तिकै छन्।

त्यसैले  न्यायको लागि वैकल्पिक शक्ति एकै ठाउँमा आउन जरुरी छ।  सहकारी पीडितले नै भनिरहेका छन् कि यो सबै बिगारेको ठूला दलले नै हो। उनीहरूले हामीलाई साथ दिएको हैन आफ्नो राजनीति गरिरहेका छन् भनेर।

विचारा ती पीडितलाई ठूला दलबाट विश्वास पनि छैन। तर उनीहरू पनि छटपटीमा जुन कुरामा पनि हस भन्न बाध्य भइरहेका छन्।

कांग्रेस महामन्त्री गगन थापाले प्रमाण दिन नसकेपछि मौन रहेका कांग्रेस युवा साथीहरू ओलीको छत्रछाँया पाएपछि बुरुक्क उफ्रेका छन्। मुठी बटार्दै हामी साथमा छौँ भन्दै सहकारी पिडितलाई ढाडस दिइरहेका छ्न्।

यसरी नेताको गोटी कति दिन सम्म बन्ने ?  सबै एकै ठाउँमा उभिएर पिडितहरूलाई न्याय दिन उभिनुपर्छ।  देशमा कुन हद सम्मको राजनीति हुन्छ भन्ने कुरा सचेत युवाहरूलाई थाहा छ। कहिलेसम्म गोटी बनेर आफ्नो जीवन र देश बर्बाद पार्ने? आखिर सहकारीको समस्या किन आयो?  क-कसका कारणले आज सहकारी यो हालतमा पुग्यो भन्ने त तपाईं हामी सबै लाई छर्लङ्गै छ।

न्याय कसैलाई नेता बनाइदिएर वा रोटी सेकिदिएर आउने चिज होइन ,अन्याय परेकाहरू एक भएर आउने हो।

[यी लेखकका नीजि विचार हुन्।]

Leave A Reply

Your email address will not be published.