काठमाडौं :
विजय बराल अभिनित ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनमा ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ। शनिबारसम्मको कमाई ४३ करोड भन्दा माथी पुगेको हो।
आइतबार वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइ सार्वजनिक गरेको छ। शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको फिल्मले शनिबार १ करोड ८० लाख ग्रस छ। फिल्मले २४ दिनमा आइपुग्दा पनि लोभ लाग्दो व्यापार गरिरहेको छ। चौंथो सातामा पनि फिल्मले आकर्षक कमाइलाई जारी राखेको हो।
फिल्ममा विजय बरालका अलवा अञ्जना बराइली,मुकुन भुसाल,प्रकाश सपुतका अलवा अन्य कलाकारहरु रहेका छन्। फिल्मलाई विनोद पौडेलको टिमले निर्माण गरेको हो। यो फिल्मले विदेशबाट पनि उतिकै मात्रामा कमाई गरिरहेको छ।