काठमाडौं :
फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड ६९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। निर्माणटिमले शनिबारसम्मको कमाई सार्वजनिक गरेको हो। फिल्मले शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाई गरेको हो।
पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको अहिलेसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।
चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गरेका हुन्। र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगू भाषामा भारतमा पनि रिलिज हुने फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का,गरिमा शर्मा, रवीन्द्र झा,आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूको अभिनय छ।
चन्द्र पन्तले निर्देशन गरेको यो फिल्मलाई अभिनेता अधिकारीको कथा बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेन्मेन्टले वितरण गरेका हुन्। यतिबेला अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गाना हल भिजिटमा हिडिरहेका छन्। सकरात्मक र नकरात्मक समिक्षा बटुलिरहेका उनीहरुले आफ्नो लगानी सुरक्षित गरिसकेका छन्।