सुचना, समाचार र मनोरन्जन

‘कर्णाली पारीको भिनाजुु’ दर्शकमाझ ल्याईन् मञ्जु पौडेलले

काठमाडौं :

लोकगायिका मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजुु’ सार्वजनिक भएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर रहेको छ।

डिबी खड्काको शब्द रचनामा रहेको गीतको संगीत र संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतमा आफ्ना लागि उपयुक्त बरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ।

Pach Pandav

‘प्यासी खोज्दै पानी’आएको जस्ता शब्द प्रयोग गरिएका छन्। महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन्। गायिका र कार्यक्रम प्रस्तोताका रुपमा गायिका पौडेल सुदूरपश्चिममा धेरै लोकप्रिय छिन्।

उनले भने,‘सुदूरपश्चिमले माया गरेपनि त्यहाँको गीत गाउन पाएकी थिइनँ। त्यसैले यसपल्ट सुदूरपश्चिमका मेरा दर्शकस्रोता समर्पित गीत ल्याएकी हुँ ।’

गीतको म्युजिक भिडियोमा पौडेलले अभिनेता धिरेन शाक्यसँग जोडी बाँधेकी छन्। विक्रम चौहानले निर्देशन गरेको गीतमा सिनमाटोग्राफी दुर्गा पौडेलले गरेका छन्।

Leave A Reply

Your email address will not be published.