काठमाडौं :
बिहिबार (आज)बाट विश्वभर प्रदर्शनमा आएको फिल्म ‘पुष्पा २’ले व्यापारमा छलाङ मारिरहेको छ। यसले भारतमा मात्र नभएर नेपाली बक्स अफिसमा पनि छलाङ मारेको हो।
नेपालका हलमा नेपाली फिल्मको शो र कतिपयलाई उतार्दै हलवालाले पुष्पा २ लाई शो प्रशस्त दिएका छन्। त्यसैले यो फिल्मले देशभर ५९१ शोज पाउन सफल भएको छ। बिहान ४ बजेबाट राती साँढे १२ बजेसम्म नेपालभरका हलमा प्रदर्शनमा आएको छ। अझ भनौ यो फिल्म हलमा २४ घन्टा प्रदर्शन भइरहेको छ।
दर्शकको चाप बढेपछि रातीको शो पनि राखिएको हलवालाले बताएका छन्। सबै शोजमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ। स्रोतका अनुसार यो फिल्म नेपालमा ४ करोड भारतीय रुपैयाँमा नेपाल भित्राइएको हो। यो फिल्मले आजै मात्र ४ करोड माथिको कलेक्शन गर्न सक्ने अनुमान गरिएको छ।
तर नेपालको वितरकले यो फिल्मको कमाई कति भयो भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन। परिक्षात्मक हिसावले कमजोर मानिएको यो फिल्ममा नेपालमा कमाईको नयाँ रेकर्ड राख्ने सक्ने देखिन्छ।
फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको छ। त्यसैले पनि हाल प्रदर्शनरत फिल्म नेपाली फिल्म ‘पुर्ण बहादुरको सारङ्गी र तेल भिसा’ सीमित शोजमा खुम्चिएका छन् । हलवालाले यता नीता ढुङ्गानाको फिलम ‘ह्रस्व दीर्घ’भने हलबाट उतारेका छन्।