सुचना, समाचार र मनोरन्जन

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेल्लो हेल्थ’ सेवा सुरु

काठमाडौँ/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो ।

‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’

Pach Pandav

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरू टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।

टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसैगरी, भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसैगरी, इमेलमार्फत ‘हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी’ मा गुनासा पठाउन सकिनेछ ।

Leave A Reply

Your email address will not be published.