सुचना, समाचार र मनोरन्जन

ठुलो फिल्म निर्माणमा जुटे पत्रकार पौडेल

काठमाडौं :

सञ्चारकर्मी तथा लघु चलचित्र निर्माता सुरज पौडेलले अब ठुलो चलचित्र निर्माण गर्ने भएका छन्। लामो समय देखि टेलिभिजन, रेडियो तथा अनलाईन मिडियामा कार्यरत रहदैं आएका पौडेल अब ठुलो चलचित्र निर्माणको तयारीमा हुन्।

सामाजिक कथाबस्तुमा निर्माण हुने उक्त चलचित्रको अहिले स्क्रिप्टको काम भईरहेको निर्माण पक्षले जनाएको छ। पौडेलको कथा,निर्देशन तथा निर्माण रहने चलचित्रको कार्यकारी निर्मातामा छविलाल भट्टराई रहने छन्। अबको केही समयमानै स्क्रिप्ट पुरा गरी औपचारिक कार्यक्रम मार्फत निर्माणको घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

सञ्चारकर्म देखी लघुचलचित्र निर्माण सम्म सक्रिय पौडेलले नेपाली सेना द्वारा आयोजित लघुचलचित्र प्रतियोगीतामा राष्ट्रिय स्तरको पुरस्कार समेत हात परिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.