सुचना, समाचार र मनोरन्जन

हुलाकी केटो र द्वन्द्वमा हराएकी नातिनीको पखाईमा रहेका हजुरबाको कथामा ‘हरि हजुरबा’मण्डलामा मञ्चन

काठमाडौं :

अभिनेता नाजिर हुसेनको लेखन तथा निर्देशनमा बनेको नाटक ‘हरि हजुरबा’मञ्चन सुरु भएको छ। बिहिबारबाट थापागाउँस्थित मण्डला नाटक घरमा नाटक मञ्चन सुरु भएको हो।

यो नाटक आज (पुष ४’बाट सुरु भएर पुस २८ गते (आइतबार) सम्म मञ्चन हुनेछ। सोमबारबाहेक प्रत्येक दिन साँझ ५ बजे नाटक मञ्चन हुने निर्देशक हुसेले बताए। उनका अनुसार नाटक शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुई शो हुनेछन्।

Pach Pandav

अभिनेता हुसेन करिब १० वर्षपछि नाटकमा फर्किएका हुन्। द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयं अभिनय गर्दैछन्। उनले हरिको भुमिका निवार्ह गर्दैछन्। उनका अलवा अभिनेता विजय बराल पनि नाटकमा देखिँदैछन्। नाजिर र बिजयका अलवा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ।

अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिन लागेका हुन्। चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ। यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ।

नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमले जनाएको छ। यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् ।

 

Leave A Reply

Your email address will not be published.