सुचना, समाचार र मनोरन्जन

प्रकाशले ‘बसन्त’को ३८ दिनमा सके सुटिङ,राजेश हमालले गर्दैछन् गेष्टको रोल

काठमाडौं :

प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको सम्पुर्ण छायांकन प्याकअप गरिएको हो।

बुधबार फिल्मको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको निर्माण टिमले जानकारी दिएको छ। गायक तथा अभिनेता बनेका प्रकाशको यो पहिलो निर्देशकिय फिल्म हो। उनले यो फिल्ममा अभिनेता राजेश हमाललाई समेत पाहुनाको रोल दिएका छन्। तर निर्माण टिमले राजेशको नाम सार्वजनिक गरेका छैनन्।

Pach Pandav

आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ ।

सिनेमामा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ।

यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा,अनुरोध भट्टराई र नाना थकाली छन्। सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.