सुचना, समाचार र मनोरन्जन

अमेरिकामा शिव श्रेष्ठलाई दीर्घ साधना,‘बोक्सीको घर’लाई जुरी अवार्ड

काठमाडौं : अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्डमा अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । यता प्रदीप खड्का अभिनित फिल्म‘पूजार सार्की’ सर्वोत्कृष्ट फिल्म घोषित गरियो भने ‘गाउँ आएको बाटो’ले क्रिटिक्स अवार्ड जित्यो। यता केकी अधिकारी अभिनित तथा निर्मात्री रहेको फिल्म ‘बोक्सीको घर’ले जुरी अवार्ड पाएको छ।

फिल्म ‘पूजार सार्की’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित भए भने ‘फर्की फर्की’बाट अनमोल केसीले सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे। यता अभिनेत्री आँचल शर्मालाई ‘डिग्री माइला’ सर्वोत्कृष्ट अभिनेत्री घोषित गरियो।

Gandarbha

यस अवार्ड कार्यक्रममा प्रदीप खड्का पपुलर अभिनेता र केकी अधिकारी पपुलर अभिनेत्री घोषित भए भने फिल्म निर्देशक दीपेन्द्र लामालाई ‘नांगो गाउँ’बाट सर्वोत्कृष्ट लेखनको अवार्ड हात पारे। यहि फिल्म‘नांगो गाउँ’बाटै आलोक शुक्ला सर्वोत्कृष्ट छायांकार घोषित भएका छन् भने फिल्म‘उपहार’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादकको अवार्ड हात पारे।

सोही अवार्ड कार्यक्रममा फिल्म‘अगस्त्य’बाट प्रमोद अग्रहरि सर्वोत्कृष्ट सहअभिनेता, ‘परदेशी २’बाट वर्षा सिवाकोटी सर्वोत्कृष्ट सहअभिनेत्री, ‘बोक्सीको घर’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘नांगो गाउँ’बाट एसडी योगी सर्वोत्कृष्ट गायक, समीक्षा अधिकारी ‘बोक्सीको घर’बाट सर्वोत्कृष्ट गायिका घोषित भइन्।

यो अवार्ड कार्यक्रममा ०८० साउन १ देखि २०८१ साल असार मसान्तभित्र रिलिज भएका र आयोजकलाई उपलब्ध गराइएका फिल्मको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको आयोजकले जनाएको छ। यस अवार्ड कार्यक्रममा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी लगायतका कलाकार अमेरिका पुगेका थिए।

Leave A Reply

Your email address will not be published.