सुचना, समाचार र मनोरन्जन

पोखरामा मगर सांस्कृतिक  महोत्सव हुने

 

पोखरा : यहि पुस १९ गते गण्डकी प्रदेश स्तरिय मगर सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल मगर संघ गण्डकी प्रदेश समितिले आयोजना तथा नेपाल मगर संघ, जिल्ला समिती कास्कीसँगको समन्वयमा पहिलोपटक महोत्सब हुन लागेको हो।

नेपाल मगर संघ गण्डकीले पत्रकार सम्मेलन गरी महोत्सव हुने जनाएको छ । पोखरा सभागृहमा दुईदिन सम्म चल्ने महोत्सवको उद्घाटन  नेपाल सरकारका सूचना प्रविधिमन्त्री एवं प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गर्ने जनाइएको छ ।

समितिका अध्यक्ष तारा थापा मगरका अनुसार मगर समुदायमा प्रचलित मौलिक भाषा, संस्कृति, लोकनृत्य, भेषभुषा संरक्षण तथा पुस्ता हस्तान्तरणको उद्देश्यले महोत्सब आयोजना गरिएको हो ।

महोत्सवमा गण्डकी प्रदेशको मनाङ जिल्ला बाहेक १० वटा जिल्लाबाट ज्यूमामै, कौराहा अर्थात कानराहा, झाभुरा, यानीमाया, सोरठी, भुम्या लगायतका लोकनृत्यहरू ल्याइने छन्। महोत्सवमा करिब ३ सय ६५  कलाकार तथा दस हजारभन्दा बढी दर्शकको उपस्थिति रहने जनाइएको छ ।

महोत्सवमा मगर समुदायमा प्रचलित र लोकप्रिय खानाका परिकारहरू बारा, वाकस्या, डिस्याका परिकारका स्टलहरू राखिने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.