सुचना, समाचार र मनोरन्जन

कांग्रेस नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं/

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको छ ।

कोइरालाले यही जनवरी १३ अर्थात् पुसको २९ गते संसद् भवनभित्र आयोजना हुने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।

नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा २५ गते बेलायत जाँदै हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.