सुचना, समाचार र मनोरन्जन

‘रुकुम मैकोट’पछि ‘अरेली काँडैले’लाई दश करोड भ्युज,‘सालको पात टपरी’लाई कति ?

काठमाडौं : नेपालमा आधुनिक गीतहरुको बजार कमजोर छ। पप गीतहरु नयाँ भन्दा पुरानाले नै थेगिरहेका छन्। नयाँको उदय हुन सकेको छैन। तर नेपालमा बज्ने लोकलयका गीतहरु भने दर्शकको अत्यधिक रोजाईमा पर्दै आएका छन्।

डिजिटल माध्यमको मापनबाट हेर्ने हो भने युटुबमा करोड करोड दर्शक पाएका छन्। गायिका शान्तीश्री परियारको स्वरमा रहेको तीजको गीत ‘अरेली काँडैले मलाई च्वास्सै‘’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको छ। यो गीतको भिडियोलाई दर्शकले १० करोड पटक हेरेका छन्। खेम सेन्चुरीले लयवद्ध गरेको यो गीतलाई नेत्र अर्यालले लेखेका हुन्।

योसँगसँगै अर्को गीत पनि १० करोडको छेउछाउमा पुग्न लागेको छ। नवराज पन्तको शब्द,वसन्त थापाको संगीतमा बनेको ‘सालको पात टपरी’ पनि १० करोड पुग्न लागेको हो। यो गीतलाई कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएका छन्। यो गीतको भिडियोलाई शिव बिकको निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्माले खिचेका छन्। गीतको भिडियोमा अभिनेत्री मरिश्का पोखरेल र गायक कुलेन्द्र आफैले नृत्य प्रस्तुत गरेका छन्।

 

केहि दिन अघि वसन्तको ‘सालको पात टपरी’ र र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच १० करोड पुग्नका लागि होडबाजीमा थिए। यो भन्दा अघि गत असारमा प्रदर्शनमा आएको फिल्म ‘कुश्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ले ६ महिनाभन्दा कम समयमै १० करोड भ्यूज पाएको थियो। यो पनि लय लयमा आधारित रहेको थियो। यो गीतले नेपाली लयमा कीर्तिमान रचेको थियो। अशोक थापा मगरको निर्देशनमा बनेको यो फिल्ममा धिरज मगर र उपसनासिंह ठकुरीले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.