सुचना, समाचार र मनोरन्जन

कालिम्पोङ र फिदिमपछि सुन्दरहरैँचामा गुन्जिदै दीपक बज्राचार्य

काठमाडौँ :

मोरङको सुन्दरहरैँचा  १०स्थित विराटचोकमा हिजोबाट संचालन भएको ‘विराट एक्स्पो’को पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय  गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ।

Protin

गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम सम्पन्न गरी फाल्गुन २ गते भ्यालेन्टाइन्स डेमा फिदिममा सांगीतिक कार्यक्रम गर्न लागेको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड फागुन ०४ मा  मोरङको सुन्दरहरैँचामा भब्य कार्यक्रमको तयारीमा रहेको छ।

कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ। सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.