सुचना, समाचार र मनोरन्जन

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा

काठमाडौं :

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ। कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।

बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको पोस्टर शुक्रबार सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ। पोस्टर हेर्दा फिल्मले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ।

निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने बताए। ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, निर्देशक बस्नेतले भने।

फिल्ममा डम्बरबहादुर राईको छायांकन र कथा,अजित लामिछानेको पटकथा तथा संवाद,जीवनाथ गौतमको गीत हुनेछ। धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्मका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.