काठमाडौं :
शुक्रबारबाट हलमा दुई फिल्म ‘रंगी’ र ‘दुःखी आत्मा’बाट भएको छ। फरक फरक विषयमा बनेको यो फिल्म आजबाट हलमा आएका हुन्। अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’ले बाबुछोरीबीचको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको हो। एकल बाबुले सन्तान हुर्काउन गरेको दुःख र मिहिनेतलाई फिल्मको पर्दामा उतारिएको छ। फिल्ममा सलोन बस्नेतका अलवा नम्रता श्रेष्ठ,बाल कलाकार आयुषी ढकाल,दिलिप रायमाझी,उत्तम केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ। सलोन स्वयंको लगानीमा बनेको ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् ।
त्यस्तै, आजैबाट प्रदर्शनमा आएको फिल्म ‘दुखी आत्मा’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्। यौन दुर्बलताको विषय उठाएको यो फिल्मको मुख्य विषयवस्तु सम्भोगको क्रममा लिङ्गमा उत्तेजना नहुने समस्याबाट पीडित पात्रको कथामा आधारित छ। यो पात्रको भूमिकामा अभिनेता दयाहाङ राई,अभिनेत्री आँचल शर्मा प्रस्तुत भएका छन्। फिल्मलाई हिमाल कडरियाले लगानी गरेका हुन्।