सुचना, समाचार र मनोरन्जन

‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै जेठ ३० गते रिलिज घोषणा

काठमाडौं :

निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्म ‘भाईरल गोर्खे’को फस्टलुक सार्वजनिक भएको छ। निर्माण पक्षले यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको छ।

फागुन २ गते शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन्। यसले फिल्म पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गरेको बुझ्न सकिन्छ।

‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ,’ निर्देशक निगम श्रेष्ठले भने, ‘यसमै हाम्रो यो फिल्म केन्द्रित रहनेछ। भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ ।’

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्। अमर महर्जनको छायांकन रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो।

Leave A Reply

Your email address will not be published.