सुचना, समाचार र मनोरन्जन

राजनको शब्द,संगीत र स्वरको गीत ‘आउँदा जाँदा बानी परेछ’को भिडियो सार्वजनिक

काठमाडौँ :

राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत ‘बानी परेछ’को भिडियो सार्वजनिक गरिएको छ। प्रतिभाका धनी राजन न्यौपानेको यो पहिलो अफिसियल गीत हो। उनका अन्य केहि गीतहरुको रेकर्डिङ्ग सकिएर रिलिज हुने तयारीमा रहेका छन्।

Protin

पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा व्यस्त सागर ज्ञवालीको कथा र निर्देशनमा तयार भएको भिडियोमा अभिनेता मुकुन भुषाल,भावना उप्रेती र लिन ओली फिचर्ड छन्। ज्ञवालीले मौलिक कथामा उत्कृस्ट भिडियो बनाएका छन्। उनका भिडियोमा नेपाली परिवेश झल्किन्छ। राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायांकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका छन्।

म्युजिक नेपालको प्रस्तुति रहेको ‘आउँदा जाँदा’ बोलको गीतको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ। म्युजिक नेपालले नयाँ प्रतिभावान गायक कलाकारहरुको प्रवर्धन गर्ने उदेश्य सहित यो भिडियोको निर्माण गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.