सुचना, समाचार र मनोरन्जन

विजय बराल अभिनित ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तोकियो, असार २७ बाट प्रदर्शनमा आउने

काठमाडौं :

नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरुको कथामा आधारित फिल्म ‘यो मन त मेरो नेपाली हो’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले मंगलबार फिल्मको प्रदर्शन मिति आगामी असार २७ गतेलाई तोकेको हो।

निर्माता ज्ञान बहादुर प्रधान (रोशन)ले फिल्मको प्रदर्शन मितिबारे जानकारी दिदै आरआर फिल्मस् प्रा.लि.लाई फिल्मको वितरणको जिम्मेवारी दिएको बताएका छन्।यस फिल्ममा विजय बरालका अलवा रोशन श्रेष्ठ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ। फिल्मले नेपाली भाषा,साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको यस फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ। दीपक शर्मा,विकास चौधरी र तोरम्पा हाङ राईको संगीत रहेको यो फिल्ममा सौरभ लामाको छायांकन,बनिश शाहको सम्पादन,देव महर्जनको द्वन्द्व,रेनिश फागोको कलरिस्ट, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।

Leave A Reply

Your email address will not be published.