सुचना, समाचार र मनोरन्जन

पुर्व मिस मगरसमेत रहेकी नीरा थापा मगरको ‘ऋषिङे भेना’ सार्वजनिक

पोखरा/

पुर्व मिस मगरसमेत रहेकी गायिका नीरा थापा मगरको गीत ‘ऋषिङे भेना’ सार्वजनिक भएको छ । उनले आफ्नै स्वर, अभिनय र लगानीमा मौलिक कौरा गीत तयार गरेकी हुन् ।

ऋषिङ र घिरिङ गाउँको मौलिक कौरा यसमा समेटिएको छ । नीरा २०२३ को मिस मगर हुन् भने लामो समयदेखि लोकदोहोरी क्षेत्रमा काम गर्दै आएकी छिन् । आफ्ना स्व. बाबु यमबहादुर थापा र स्व. दाइहरु तुलबहादुर थापा तथा प्रेम थापालाई समर्पण गरेर गीत तयार गरेको उनले सुनाइन् ।

गीतको माध्यमबाट लोकभाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई परिचित गराउन प्रयास गरेको उनको भनाइ छ । ‘मौलिक भाका यसमा छ । गाउँठाउँको परिचय गराउने प्रयास गरेकी छु,’ उनले भनिन् । रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छन् ।

भिडियोमा नीरा र आनन्द गुरुङको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.