सुचना, समाचार र मनोरन्जन

‘होस्टेल ३’को ट्रेलरले विश्वका १३ देशको युटुबमा ट्रेन्डिङ, नेपाल र कुवेतमा पहिलो स्थानमा

काठमाडौं :

यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको केहि दिनमा युटुबको शिर्षस्थानमा पुगेको छ। शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ।

नेपाल र कुबेतबाहेक अन्य १३ देशहरूमा समेत ट्रेन्डिङमा आउन सफल भएको छ। ट्रेलरले उत्साहजनक दर्शकको माया पाइरहेको निर्माण टिम हर्षित बनेको छ। उनीहरुका अनुसार सम्भवतः यति धेरै देशमा नेपाली चलचित्रको ट्रेलरको ट्रेन्डिङ पहिलो पटक हो र यो आफैँमा नेपाली फिल्मको इतिहासमा नयाँ रेकर्ड हुन सक्ने अनुमान छ। ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरेको छ।

ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिन्छन् ।

निर्देशन सशान कँडेलले निर्देशन गरेको यो फिल्मको कथा माधव शर्माले लेखेका हुन्। उनै लेखक यस फिल्ममा एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।

अर्जुन तिवारीले छायांकन गरेको यस फिल्मलाई सम्पादन विकास दाहालले गरेका छन्। एक्सन निर्देशक हिमाल केसी रहेको यस फिल्मको सङ्गीततर्फ अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन्। यस फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स ९गोविन्द शाही० र उपत्यका बाहिर आरआर फिल्म्स ९रोहित कट्टेल, रत्न श्रेष्ठले गर्नेछन्। यस फिल्मका निर्देशक सशान कँडेलले दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय हुदै आएका छन्।

Leave A Reply

Your email address will not be published.