सुचना, समाचार र मनोरन्जन

दयाहाङ राई, विजय बराल फाइनल भएसँगै ‘वरिष्ठ बलराम’को रिलिज डेट घोषणा

काठमाडौं :

फिल्म ‘वरिष्ठ बलराम’का कलाकार फाइनलभएसँगै रिलिज डेट घोषणा गरिएको छ। शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो।

सुरेन्द्र पौडेलको निर्देशन रहने यो फिल्म आगामी तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ। दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ। नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हुने छ। आशिस एच तामाङ र राज कार्की निर्माताका रूपमा रहेका छन्।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन्। छायांकन एक सातापछि बाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ। सिनेमामा मन कृष्ण महर्जन डिओपी रहने छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन,प्रदीप लामाको कोरियोग्राफी रहने छ। ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ। सामाजिक कथावस्तु पस्किने यो फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रधान हुने निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.