काठमाडौं :
बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’का मुख्य कलाकार महेश त्रिपाठीको यतिबेला चर्चा छ। उनले सन्देशको भुमिका निवार्ह गरेका छन्। कर्णालीबाट चुनाव जितेर काठमाडौं बसेका नेताले कुपोषणा लाग्दा समेत जनता नहेरेको एक पात्रको भुमिका निर्वाह गरेका छन्।
समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छ। अन्य कथामा भन्दा बढि दर्शकले कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन्। काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन्। जसले दर्शकको मन जितिरहेको छ। सुन्दर कर्णालीको दृश्य समेटिएको यस फिल्ममा कर्णालीका सुन्दर सिन समावेश छन्। कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ।
कर्णालीका दुःख मात्रै फिल्ममा छैन। प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन्। महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन्। यहिका एक मुख्य पात्र महेशको उद्देश्य जति राम्रो छ, त्यति नै राम्रो अभिनय पनि छ।
तारिफयोग्य महेशको अभिनयले कर्णालीको दृश्यले जति मोहित गर्छ दर्शकलाई त्यति नै उनको अभिनयले पनि। लोभलाग्दो उनको अभिनयले ‘लाज शरणम्’लाई सम्झनायोग्य सिनेमा बनाएको छ। उनको अभिनयलाई दर्शकले अब्बलको दर्जामा राखेका छन्।
फिल्ममा सिताराम कट्टेल (धुर्मुस०, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन्। चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्। फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।